२०८१ साल मङ्सिर १८ गते मङ्गलबार

गाेलकाे वर्षा गर्दै जुम्लाले जित्याे प्रदेश स्तरीय पुरुष फुटबलकाे उपाधी


१८ फागुन, जुम्ला । प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिताकाे उपाधी जुम्लाले जितेकाे छ । आज सम्पन्न फाइनल खेलमा जुम्लाले गोलको वर्षा गर्दै उपाधिमा कब्जा जमाएको हो ।


जुम्लामा गत फागुन १६ गतेदेखि जारी प्रदेश स्तरीय फुटबलकाे शुक्रबार चन्दननाथ रंगशालामा भएकाे फाईनल खेलको निर्धारित समयमा हुम्लालाई ४ - ०  गाेल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बन्न सफल भयो । जुम्लाका रुबेन भण्डारीले ह्याट्रिक पुरा गरे । भने महेन्द्र शाहीले पेनाल्टिमा १ गाेल गरे । 


छिमेकी जिल्ला हुम्लाले भने खेल अवधिभर कुनै गाेल फर्काउन सकेन । खेलकाे दोस्रो हाफमा हुम्लाले गोल फर्काउन थुप्रै प्रयास गरेको थियो । जसमा गोलका केही सुनौलो अवसर प्राप्त गर्दा पनि गोलमा परिणत गर्न नसक्दा हुम्ला फाइनलमा गोल बिहिन रहदै उपविजेतामा चित्त बुझाउन बाध्य भयो । 


प्रतियाेगिताका बिजेता र उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई, देबेन्द्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी, जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भरत बहादुर बुढ्थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत लगायतले  प्रमाणपत्र, मेडल र ट्रफी  हस्तान्तरण गरेका गरे । प्रतियोगितामा कर्णालीका १० जिल्लामध्य ६ जिल्ला जुम्ला, मुगु, हुम्ला, कालिकाेट, सुर्खेत र जाजरकाेट सहभागिता भएका थिए ।  

प्रतिक्रिया