१९ माघ, जुम्ला । जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका वडा नं.६ की अन्दाजी २५ वर्षीय बिमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
चन्दननाथ नगरपालिका वडा नं. ४ स्थित मालाभिडमा रहेको माटीखानमा खनेर माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि पुरिएर शनिवार दिउँसो करिब साढे १ बजे मृत्यु भएको डिएसपी छेदिलाल कामतीले जानकारी दिए।‘मृत्तक बिमला सुनार सहित ५/६ जना माटो ल्याउन गएका रहेछन् ।’ उनले भने,‘एक्कासी माटोको ढिस्को खसेपछि बिमलाको पुरिएर निधन भएको र अन्य भागेर बाच्न सफल भएका छन् ।
माटीखानको भित्रीभागमा भएकोले बिमला सुनार भाग्न नसकेको बुझिएको छ ।’शबको पोष्टमार्टका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
तस्बिर : साङ्केतिक