२०८० साल चैत १६ गते शुक्रबार

यी अवस्थामा तितेकरेला नखानुहोस्

जुम्ला । तितेकरेला असाध्यै तितो खानेकुरा हो तर तितोको बाबजुद स्वास्थ्यको हिसाबले निकै फाइदाजनक हुन्छ । तितो हुनाले कतिले त पटक्कै छुदैनन् समेत तर बुझेकोले तितेकरेली खोजीखोजी खाने गर्दछन् । तर आज हामिले कस्तो अवस्थामा तितेकरेला खानहुदैन त, यसबारे थोरै जानकारी दिनेछौं । 

शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।

करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन ।

प्रतिक्रिया