जुम्ला । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ ।

यो भिडियो सार्वजनिक भएसँगै आक्रोशपूर्ण प्रतिक्रिया आएका छन् । भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यसलाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
अक्सिजन सिलिण्डर घरमा भेटिएको घटनामा मुछिएकी सांसद हुन् गंगा चौधरी । उनी दाङकी एमालेकी सांसद हुन् । उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् । उनले भनिन्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् । ती सिलिण्डर लिएर म अहिले दाङ आइसकेको छु ।’ उनले अस्पतालको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् ।
अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको भन्दै उनले अक्सिजन सिलिण्डरको जोहो गर्न आफूले प्रयास गरिरहेको बताइन् ।
अक्सिजन सिलिन्डर कता हराउँछन ?
चाईना सरकारले दिएको अक्सिजन सिलिन्डर आउने बित्तिकै को माननियले घरमा लगेर थनक्याका हुन ?
नाम सर्बजनिक होस @nepalpolicehq
यो माहामारीमा यस्तो बुद्धि ?
यस्तैलाई हो टुडिंखेलमा ल्याएर नाक डाडी भाचिने गरि घुमाएर राउण्ड किक हान्नुपर्ने । pic.twitter.com/rnka2kkobj
— abhishek raj singh (@seeuabhishek) may 16, 2021